Nepal's First Video FM

नेकपाले सांगठनिक एकीकरणको टुंगो आज लगाउने

105

साउन २४, नेपाल कम्यनिष्ट पार्टीको सांगाठनिक एकिकरणको टुंगो बिहिबार लगाउने भएको छ । जेठ ३ मा तत्कालिन एमाले र माओवादी बिच पार्टी एकता पश्चात बनेको नेकपाको केन्द्र, बाहेक प्रदेश, जिल्ला स्थानिय तहमा जनवर्गिय संगठनको एकिकरण हुन बाँकी नै छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले सांगाठनिक एकिकरण समबन्धी बिहिबार निर्णय लिने सहमती गरेको थियो । बैठकमा प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थिति बारे जानकारी गराएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको प्रदेश, जिल्ला र जनसंगठन स्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः बिहिबार बस्ने गरी सकिएको थियो । विधान अनुसार भदौ ५ सम्ममा संगठन एकिकरणको काम सक्नु पर्ने छ ।

त्यसैले पनि पार्टीले तल्लो तहको एकिकरणमा ध्यान केन्द्रित गरेको छ । जेठ १६ गते दुइ अध्यक्षले सर्कुलयर जारी गर्दै १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । यसअघि जेठ १६ गते जारी गरिएको सर्कुलरमा १५ दिनभित्र एकिकरणको प्रतिवेदन बुझाउन भनिएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.