Nepal's First Video FM

बौद्ध-जोरपाटी सडकखण्डको काम तत्काल सक्न नेकपा नेता नेपालको निर्देशन

143

साउन २४, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले जोरपाटी–साँखु सडक खण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् ।

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको बिहिबार अनुगमन गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्ने माथि कारबाहीको चेतावनी पनि दिए ।

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदार सहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुनः अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्नेमा जोड दिए ।

सडक निर्माणको जिम्मा पाएका ठेकेदारले पनि १५ दिनभित्र खाल्डाखुल्डी परेर सक्ने प्रतिवद्धता जनाएका छन् । सडक निर्माणका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाई भएको निर्माण व्यवसायीले बताएपछि नेता नेपालले सम्बन्धित सवै पक्षलाई राखेर तत्काल काम सक्न निर्देशन दिएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.