Nepal's First Video FM

आजबाट ‘नेपाल आइडल सिजन-२’ सुरु हुने, को बन्ला दोस्रो आइडल ?

1,137

साउन २४, नेपालको चर्चित टेलिभिजन ‘रियालिटी शो’ नेपाल आइडलको दोस्रो संस्करण बिहीबार रातिबाट सुरु हुँदैछ । इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन-टु बिहीबार राति साढे ८ बजेबाट सुरु हुन लागेको हो ।

नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शक माझ दोश्रो संस्करणका लागि नेपाल आइडल-टु एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ताको बिहिबार र शुक्रबार राति प्रसारण हुनेछ ।

यो सिजनमा पनि अघिल्लो सिजनकै निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोता मार्फत् रिमा विश्वकर्मासँग नयाँ अनुहार देख्न पाइने भएको छ । रिमासँग देखिन लागेका नयाँ अनुहार टेलिभिजन कार्यक्रम निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्रप्त गरेका थिए । पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने मूल नाराकासाथ अडिसन राउन्डका कार्यक्रम प्रसारण गर्दै सुरु हुने नेपाल आइडल सिजन-टु का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लुआर-भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन् ।

यसअघि एपीवान एचडी टेलिभिजिनले नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय रियालिटी शो ‘बुगीवुगी’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो कार्यक्रममा पनि नृत्यतर्फ नेपालको सबैभन्दा सफल कार्यक्रम भइसकेको छ । ‘बुगीवुगी’को पहिलो सिजनमा कविता नेपालीले विजेता हुँदै २५ लाख रुपैयाँ जितेकी छिन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.