Nepal's First Video FM

सन्दिप लामिछानेकाे शानदार प्रर्दशन

112

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा शानदार डेब्यू गरेका छन् ।

सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट लामिछानेले सीपीएलमा डेब्यू गरेका हुन् । सीपीएलका लागि पहिलो बलमै विकेट लिएर उनले आफ्नो डेब्यू अविश्मरणीय बनाएका छन् । समग्रमा सन्दिपले ४ ओभर बलिंग गरी २ विकेट लिए । गुयानाको राष्ट्रिय रंगशालामा १ सय ४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्स विरुद्ध दोस्रो ओभर बलिंग गर्दै उनले सीपीएल डेब्यू गरेका थिए ।

पहिलो बलमै उनले शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए । आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्दा विकेट लिन नसके पनि किफायती बलिंग गरे ।

उनले मात्र एक रन खर्चिएका थिए । १ सय ४७ रनको लक्ष्य गुयाना अमेजन वारियर्सले इनिंगको २१ बल बाँकी छँदै पूरा ग¥यो । वारियर्ससँग सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स ६ विकेटले पराजित भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.