Home > खेलकुद > नेपालले पायो ३ सय ८१ रनको विजयी लक्ष्य

नेपालले पायो ३ सय ८१ रनको विजयी लक्ष्य

फागुन २०, आईसीसी विश्वकप छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बावेले नेपाललाई ३ सय ८१ रनको विजयी लक्ष्य दिएको छ । यो नेपालको लागि सबैभन्दा ठूलो विजयी लक्ष्य हो ।

टस जितेर नेपाललाई पहिलो फिल्डिङ दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८०रन बनाएको हो । घरेलु टोली जिम्बावेका लागि सिकन्दर राजाले १ सय २३ रन बनाए  ।

वसन्त रेग्मी र साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तर्गतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३ सय ६७ रनको टार्गेट दिएको थियो ।


Comments