Home > खेलकुद > विश्वकप छनोटमा युएईविरुद्ध गेलको शतक

विश्वकप छनोटमा युएईविरुद्ध गेलको शतक

फागुन २२,  जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनोटमा वेस्टइंडिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन्। गेलले ७८ बलमा ८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्। गेल ९१ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गर्दै १२३ रनको अवस्थामा आउट भएका थिए। वेस्टइंडिज ३१ ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएर क्रिजमा छ ।

टस जिटेर पहिले ब्याटिङ गरेको वेस्टइंडिज दाबेदार टिमका रूपमा रहेको छ।
स्रोत : थाहा खबर


Comments