Home > मनोरञ्जन > ‘कृ’ निर्माता भुवन केसीमाथि चोरीको आरोप, यसरी पुगे प्रहरीमा शम्भु

‘कृ’ निर्माता भुवन केसीमाथि चोरीको आरोप, यसरी पुगे प्रहरीमा शम्भु

संगीता राई
फागन २४, मेघा स्टार अनमोल केसी अभिनित फिल्म ‘कृ’ को एउटा गीत ‘उकालीमा पछी पछी’लाई चोरीको आरोप लागेको छ । निर्माताद्धय सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला बिभिन्न हलहरुबाट उत्रिसकेको छ ।

पुराना फिल्मक बरिस्ठ निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत ‘कृ’मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् । उक्त फिल्म ‘सम्झना’को गित हेर्नुस्:

‘कृ’का निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिनअगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् । शम्भुले भुवन र सुवाससँगको बारम्बार कुराकानीमा गित राखिएको बापत ‘कृ’ टिमले एक लाख क्षतिपूर्ति दिने बताए । तर उनले प्रस्तावलाई अस्विकार गरे । उनले ‘कृ’ ले कमाएको व्यापार मध्ये आधा आफुले पाउनु पर्ने दाबी गरेका छन् । यस विषयमा ‘कृ’का निर्माता सुवास गिरीले निर्माता भुवन केसीको प्रस्तावमा गीतको सानो अंश राखिएको बताए । फिल्म ‘कृ’ को गित हेर्नुस्:

 

 

 


Comments