Home > राजनीति > प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, पक्षमा दुई तिहाइ बढी सांसद

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, पक्षमा दुई तिहाइ बढी सांसद

फाल्गुन २७, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् । अनलाईन खबर


Comments