Home > खेलकुद > खेलमा हरेक खेलाडीलाई ३४ वटा कण्डम, सित्तैमा आइसक्रिम ! पढ्नुहोस

खेलमा हरेक खेलाडीलाई ३४ वटा कण्डम, सित्तैमा आइसक्रिम ! पढ्नुहोस

अष्ट्रेलियाको गोल्डकोष्टमा हुने राष्ट्रमण्डल खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार उद्घाटन हुने खेलमा सहभागिताका लागि हजारौँ खेलाडी तथा सहयोगीहरु त्यहाँ पुगिसकेका छन् । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रको यो सहरको मौसम घमाइलो हुनाका कारणले खेलाडीहरु आफैंमा प्रफुल्लित छन् । तर खेलाडीकाे खुसी अझै बढाउनका लागि आयोजकले अनौठो जुक्ति अपनाएका छन् ।

आयोजकले हरेक खेलाडीलाई दिनहुँ सित्तैमा आइसक्रिम प्रदान गर्ने व्यवस्था गरेका छन् ।६ हजार जना खेलाडी तथा टिमका अधिकारीहरुलाई खेलग्राममा आरामदायी सुविधा प्रदान गरिनेछ । खेलाडीहरुको सुरक्षामा विशेष ध्यान दिइएको छ र त्यस्तो सुरक्षाअन्तर्गत यौन सुरक्षालाई पनि समेटिएको छ । सोही कारण प्रतियोगिताका लागि भन्दै २ लाख २५ हजार थान कण्डम खरीद गरिएको छ । यो हिसाबले हरेक खेलाडीले ३४ वटासम्म कण्डम पर्दछन् । ११ दिनसम्म चल्ने प्रतियोगितामा खपत हुने अनुमान गरिएको कण्डमको संख्या प्रति खेलाडी प्रतिदिन तीनवटा रहेको छ ।

स्मरणरहोस्, दक्षिण कोरियामा हालै भएको शीतकालीन ओलम्पिकका बेला आयोजकले १ लाख १० हजार निःशुल्क कण्डम वितरण गरेका थिए । जुन शीतकालीन ओलम्पिकमा अहिलेसम्मकै सबैभन्दा धेरै हो । रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम वितरण गरिएको थियो । त्यतिबेला जिका भाइरसको आतंक थियो । onlinekhabar

एजेनसी


Comments