Home > राजनीति > सरकारद्धारा सचिवहरुको व्यापक सरुवा

सरकारद्धारा सचिवहरुको व्यापक सरुवा

चैत्र २३,सरकारले सचिवहरुको व्यापक सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेम कुमार राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसअघि गृह सचिव रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा सरुवा गरिएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अर्का सचिव खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । शिक्षा मन्त्रालय सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेका अर्का सचिव महेन्द्रमान गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सचिव विष्णु लम्साल रक्षा सचिव बन्नु भएको छ । योजना आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शरच्चन्द्र पौडेललाई सरुवा गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरका सचिव मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । पुनर्निर्माण प्राधिकरणको सचिवमा नेपाल ट्रस्ट कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई सरुवा गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जीसी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवमा सरुवा हुनु भएको छ भने वन तथा वातावरण मन्त्रालयमा यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी (पशुपंक्षी विकास) मन्त्रालयको सचिव रहेका विश्वनाथ ओलीलाई सरुवा गरिएको छ ।
प्रदेश १ का कामु प्रमुखसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा हुनु भएको छ । RADIONRN


Comments