Home > मनोरञ्जन > गायिका दुर्गा खरेलको ‘भेटेरै सुन्नु छ’ मा प्रियंकाको बबाल डान्स (भिडियोसहित)

गायिका दुर्गा खरेलको ‘भेटेरै सुन्नु छ’ मा प्रियंकाको बबाल डान्स (भिडियोसहित)

वैशाख ३, नेपाली गित संगीत क्षेत्रमा चर्चा कमाइसकेकी गायिका दुर्गा खरेलको आवाजमा समावेश ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।

अमृत रेगीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायिका दुर्गाको स्वर बोल्ड र स्टाइलिस सुनिएको छ । दुर्गालाई गीतमा गायक फिरोज बस्नेतले साथ दिएका छन् । उक्त सार्वजनिक भिडियोमा नायिका प्रियंका कार्की र मोडल पवन शर्माले अभिनय रहेको छ ।

गीतलाई गायिका दुर्गाले डान्सिङ शैलीमा तयार पारेकी छिन् । सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यो भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । भिडियोमा विकाश दाहालको सम्पादन छ । निशान घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् । हेर्नुस् भिडियो;


Comments