Home > समाचार > आज विश्व हाँसो दिवस, यस्तो छ हास्नुको महत्व र फाइदा ! (पढ्नुहोस)

आज विश्व हाँसो दिवस, यस्तो छ हास्नुको महत्व र फाइदा ! (पढ्नुहोस)

वैशाख २३, आज अप्रिल ६ तारीख बिश्व हाँसो दिवस । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो ।

अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ । हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस मनाउन सुरु भएको हो ।

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्याउछ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ ।

दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।

हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसंग जुध्ने क्षमतामा वृद्धि गर्छ जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको बिभिन्न अध्ययनले देखाएका छन ।


Comments