Home > मनोरञ्जन > सत्यमोहन जोशीको १००औँ जन्मदिन: शुभकामना दिन पुगे पररास्ट्रमन्त्री ज्ञवाली जोशी निवास

सत्यमोहन जोशीको १००औँ जन्मदिन: शुभकामना दिन पुगे पररास्ट्रमन्त्री ज्ञवाली जोशी निवास

वैशाख ३०, शताब्दी पुरूष सत्यमोहन जोशी आजदेखि सय वर्षमा प्रवेश गरेका छन् । जोशी सय वर्ष पुगेको अवसरमा उनको ललितपुरस्थित घरमा सुभेच्छुकहरू पुगेर बधाई र शुभकामना दिएका थिए ।

यसै अवसरमा आइतबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली उनको निवास पुगेर बधाई र शुभकामना दिएका थिए । बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा जन्मिएका हुन् ।

सत्यमोहन जोशीले लोकसंस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि.सं. २०२८ सालमा मदन पुरस्कारसमेत पाए । उनी पिता शंकर जोशी र माता राजकुमारीको जोशीका जेठा छोरा हुन् । उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटक सम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।


Comments