Home > राजनीति > एमाले माओवादी पार्टी एकतामा अन्योल, मोदी भ्रमण पछि झनै एकताप्रति शंका उपशंका ! (पढ्नुहोस)

एमाले माओवादी पार्टी एकतामा अन्योल, मोदी भ्रमण पछि झनै एकताप्रति शंका उपशंका ! (पढ्नुहोस)

वैशाख ३०, एमाले माओवादी पार्टी एकताको कुरा अन्योलमा रहेका बेलामा मोदी भ्रमण पछि झनै एकताप्रति संका उत्पन्न हुन थालेको छ ।

प्रधानमन्त्री केपी ओलिले आफुहरुलाई केहि नसोधी अगाडी बढेको भन्ने माओवादी नेताहरुको गुनासोको बिचमा मोदी भ्रमण पछि अझै पार्टी एकतामा संका पैदा भएको माओवादी नेताहरुको भनाई रहेको छ ।

पार्टी एकताको काम अपेक्षकृत रुपमा अघि नबढेपछि केहिदिनया माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक विषयमा बोल्न बन्द नै गरेका छन् । जुन कार्यक्रमको त्यही कार्यक्रमसँग सम्बन्धित भएर मात्र उनले आफ्नो धारणा राखेका छन् ।

माओवादी केन्द्रले पार्टी एकताको सम्बन्धमा कुनै पनि अभिव्यक्ति सार्वजनिक नगर्न आफ्नो नेताहरुलाई सुझाव समेत दिएको छ । “पार्टी एकताको सम्बन्धमा कुनै पनि कुरा नबोल्ने सहमति भएको छ ।

माओवादी स्रोतले भन्यो, “यस्तो बेलामा बोलेका शब्दहरुले नराम्रो सन्देश जानसक्छ । त्यसको दोष माओवादी केन्द्रलाई हुन सक्छ । यदी एमालेसँग एकता भएन भने त्यसको दोष माओवादी केन्द्रले लिन चाहँदैन । त्यसैले नेताहरुलाई कुनै पनि कुरा नबोल्न नेतृत्वबाट आग्रह छ ।”

माओवादी केन्द्रले पार्टी एकता अगाडि नै एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने अडानमा छ । तर, एमाले जनताको बहुदलीय जनवाद र माओवादीको जनयुद्ध महाधिवेशनमा टुङ्याउन चाहन्छ ।

माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत पार्टी एकता हुनुभन्दा अगाडि नै विधानमा जनयुद्ध शब्द राख्नुपर्ने बताए । “एमालेले अहिलेसम्म नेपालमा भएका परिवर्तन माओवादी जनयुद्धले ल्याएको हो । त्यसलाई तोडमोड गर्न खोजिँदैछ । माओवादी जनयुद्धले ल्याएका सम्पूर्ण परिवर्तन एकता अगाडि नै सुनिश्चित हुनपर्छ भन्ने हाम्रो माग हो,स्रोतले भन्यो ।

नेकपा माओवादी केन्द्रले पार्टी एकताले गति लिन नसक्नुको प्रमुख कारण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई नै देखाएको छ । उसले ओलीको भारत भ्रमणपछि एमालेमा दभ्भ पाएको पनि निष्कर्ष यस अघि नै निकालेको थियो । तर भारतीय प्रधानमन्त्री मोदीको दुइदिने नेपाल भ्रमणपछि यसमा थप टेवा पुगेको माओवादीका केही नेताको निष्कर्ष छ ।

अरूण तेस्रो शिलान्यासका क्रममा विभागीय मन्त्री वर्षमान पुनलार्इ नै नबोलाइएपछि माओवादीका केही नेताले एकता प्रकृयासँग जोडेर हेरेका छन् । तर एक नेताका अनुसार मोदीको भ्रमणपछि पार्टीका शीर्ष नेताको बैठक बसेको छैन । मोदीले एमाले र मधेसवादी दललार्इ बढि महत्व दिएको ती नेताको भनाइ छ ।

माओवादीका अध्यक्ष दाहाल बाहेक कोही पनि नेतासँग मोदीको भेट हुन सकेन । वरिष्ठ मन्त्रीहरू पनि दाहालसँगै मोदीलार्इ भेट्न गएनन् । त्यसमाथी विभागीय मन्त्रीलार्इ नै खबर नगरी अरूण तेस्रोको शिलान्यास भएको छ ।

ओलीको भारत भ्रमणपछि पार्टी एकतामा खटपट आएको माओवादी केन्द्रका नेता मणि थापाले बताए । “ओलीको भारत भ्रमणपछि पार्टी एकतामा खटपट आएको हो । पहिला सहमति भएका विषयहरु अहिले कार्यान्वयन गर्न ओलीले कन्जुस्याइँ गर्नुभएको छ । भारतसँग एमालेको सम्बन्ध राम्रो भएपछि दम्भ बढ्यो । माओवादीलाई जे पनि गर्न सकिन्छ भन्ने एमालेलाई भएको छ ।

पार्टी एकताको लागि एमाले लिवरल हुनुपर्थ्यो भएन । एमालेले सरकारको नीति तथा कार्यक्रमहरुमा पनि बाइपास गर्न खोजेको छ । छलफल बहस गरेर जानुपर्ने कुरामा भएन । मेजर कुरा काम गर्ने एमाले तरिका एकलौटी भयो ।”

“ओलीको राष्ट्रवाद के थियो । प्रष्ट भयो, हामीले राष्ट्रवाद बचाउनुपर्छ भनेर एमालेसँग एकता गर्न खोजेको हो नि,” नेता थापाले प्रश्न गरे, “वामपन्थी मिलेर मुलुकलाई भारतको पोल्टामा हाल्ने हो र ? के को लागि पार्टी एकता ?” उनले एमाले र माओवादीबीचको पार्टी एकता ‘होल्ड’ भएर बसेको बताए । माओवादी स्रोतका अनुसार अब एमालेसँगको एकता कसरी अघि बढ्छ भन्ने छिट्टै टुंगो लाग्नेछ ।


Comments