Home > राजनीति > सभामुख महरा भन्छन्-‘बैठकमा सरकारको उपस्थिति समयमै हुनुपर्छ’

सभामुख महरा भन्छन्-‘बैठकमा सरकारको उपस्थिति समयमै हुनुपर्छ’

जेठ ११, सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराए ।

सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुन पनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित समयमा बैठक शुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए ।

यसैगरी उनले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्नुहुने सांसदले निर्धारित सयमभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षण समेत गराए । रासस


Comments