Home > राजनीति > असार १५ भित्रमा सूची पेश गर्न मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन

असार १५ भित्रमा सूची पेश गर्न मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरुलाई असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न निर्देशन दिनु भएको छ । आज मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको हो ।

अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तथा बजेटमा अन्तरनिहित कार्यक्रम कार्यान्वयनका लागि आफ्ना योजना पेश गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले असार २५ सम्ममा आगामी आर्थिक वर्षको योजनाका सम्बन्धमा सम्पूर्ण काम सक्ने गरेर तयारी गरेको जानकारि समेत निु भयो ।
प्रधानमन्त्री ओलीले कर्मचारी व्यवस्थापनको गुनासो भए आफूलाई जानकारी गराउन पनि निर्देशन दिनु भयो ।


Comments