Home > अर्थ > फेरी पनि बढ्यो सुनको मुल्य, तोलामा कति ?

फेरी पनि बढ्यो सुनको मुल्य, तोलामा कति ?

काठमाडौँ – साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन आज तोलामा २ सय रुपैयाँ बढेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


Comments