Home > समाचार > यसरी बचाए प्रचण्डले कामिनीको पद

यसरी बचाए प्रचण्डले कामिनीको पद

काठमाण्डौ । सुचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने प्रयार गरे पनि तत्कालका लागि असफल भएको खुलासा भएको छ ।

मन्त्री बास्कोटाले कामिनीलाई हटाएर अर्को व्यक्ति नियुक्त गर्ने प्रस्ताव प्रधानन्त्रीसमक्ष लगेका थिए । तर प्रधानमन्त्री केपी ओलीले यस विषयमा प्रचण्डसँग छलफल गरेका थिए ।

छलफलका क्रममा प्रचण्डले अहिले तत्काल नहटाउन निर्देशन दिएपछि मन्त्री बास्कोटाको योजना असफल भएको हो । यता बास्कोटाले भने अझै पनि पार्टीभित्रका नेताहरुलाई कामिनीलाई हटाउने वातावरण बनाउने लबिङ गरिरहेका छन् ।

आफूलाई कामिनीले नटेरेको र काम गर्न असहज भएको गुनासो बास्कोटाले पार्टीभित्रका शीर्ष नेताहरुसँग गर्ने गरेका छन् ।


Comments