Home > अर्थ > सातामा १५.६६ अंकले बढ्यो नेप्से

सातामा १५.६६ अंकले बढ्यो नेप्से

२ जेठ, काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.६६ अंकले बढेर अन्तिम दिन १ हजार २ सय ४७.३० अंकमा पुगेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीहरुको कारोबार भएको छ । गत साता भने १ सय ७९ कम्पनीहरुको कारोबार भएको थियो ।

साथै गत साता नै अर्ब ६८ करोड ४५ लाख छ हजार रुपैयाँ बराबरका ४० लाख २६ हजार आठ सय १० कित्ता सेयरहरु २० हजार ६ सय ६२ पटक खरिदबिक्री भएका थिए ।

यो साता भने एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार रुपैयाँ बराबरका ४८ लाख ६८ हजार ७० कित्ता सेयरहरु २३ हजार ३ सय ६८ पटक खरिद बिक्री भएका छन् । यस साताको कारोबार रकम गत साताको भन्दा २.१४ प्रतिशत बढी हो ।

त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.६५ अंकले बढेर २ सय ६१.८१अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि मेगा बैंक नेपाल लिमिटेड नै अग्रस्थानमा छ ।

यस साता सूचीकरणतर्फ निम्न कम्पनीको सेयर सूचीकृत भएको छ ।


Comments