Home > अर्थ > एक्कासि सुनको मुल्यमा केही बृद्धि

एक्कासि सुनको मुल्यमा केही बृद्धि

काठमाडौं । मंगलबारको तुलानामा बुधबार सुनको मुल्यमा केही बृद्धि भएको छ । सो दिन सुनको मुल्यमा चारसय रुपैंयाँले बृद्धि भएको हो ।

बुधबार सुन तोलामा चारसय रुपैयाँले बृद्धि भएको छ । सो दिन सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक्कासि ४ सय रुपैयाँले बृद्धि भएको महासंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comments