Home > राजनीति > काँग्रेसले संसदको कार्यसूचीमा विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित

काँग्रेसले संसदको कार्यसूचीमा विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित

असार २२, नेपाली काँग्रेसले संसदको कार्यसूचीलाई लिएर विरोध जनाउँदा अवरुद्ध भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा डा. गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव आजको प्रतिनिधिसभाको कार्यसूचीमा नपर्दा संसद अवरुद्ध भएको हो ।

प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम कांग्रेसले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएको थियो । कार्यसूचीमा नपरेको भन्दै काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा सभामुखले भने बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो ।

तर, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्य सुचीमा नआएसम्म प्रतिनिधि सभा अगाडि बढ्न नदिने जनाएका थिए । काँग्रेसको अवरोधका कारण आधा घण्टापछि बसेको वैठक असार २५ गतेसम्मका लागि स्थगित गरिएको छ । news24


Comments