Home > राजनीति > नियमावली टुङ्ग्याउन बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु

नियमावली टुङ्ग्याउन बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु

असार २६, सत्तारुढ दल नेकपाको सचिवालयको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको नियमावली लगायतका विषयमा छलफल सुरु भएको बताइएको छ ।

केही दिन अगाडी बसेको सचिवालय बैठकले पार्टी नियमावली मस्यौदा बनाउन तीन नेता रहेको कार्यदल गठन गरेको थियो । त्यही कार्यदलले बनाएको मस्यौदाका बारेमा छलफल भईरहेको बताइएको छ । आजको बैठकले मस्यौदालाई अन्तिम रुप दिएपछि स्थायी समितिमा पेश गर्ने नेताहरुले बताएका छन् ।

यसअघि बसेको स्थायी समितिको बैठकबाट प्राप्त सुझावहरुलाई समेटेर प्रस्ताब पेश गर्न बामदेव गौतम, रामबहादुर थापा बादल र नेकपाका महासचिव बिष्णु पौडेल रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।


Comments