Home > समाचार > ललितपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

ललितपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

असार २७, ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनाबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा गएराती मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर बस्ने खोटाङकी ३८ वर्षीया सुनिता कार्की रहेकी छन् । उनको उपचारको क्रममा विएण्डवि अस्पतालमा राति २ बजे मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएकी स्कुटर पछाडि सवार उनकी १२ वर्षीया छोरी समृद्धी कार्कीको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ साढे ६ बजे कार्की आमा–छोरी सवार बा ७५ प ५६४७ नम्बरको स्कुटरलाई बा१ख ९२५४ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comments