Home > मनोरञ्जन > सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको ‘मेरो सपना’ले पायो चर्चा (भिडियोसहित)

सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको ‘मेरो सपना’ले पायो चर्चा (भिडियोसहित)

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको पहिलो आधुनिक गित ‘मेरो सपना’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । युट्युबमा अपलोड गरिएको एक दिनमै १ लाख बढिले हेरिसकेका छन् ।

हिजो मात्रै सार्वजनिक भएको उक्त गित अहिलेसम्म १ लाख ३५ हजार ४ सय बढीले हेरिसकेको छ । गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको गितलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजार व्यवस्थापन गरेको छ ।

गितमा चर्चित गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ । भारतमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका सुनिलले केहि समय अगाडी आफ्नो फेसबुकमा गित गाएर राखेपछी उनि एकाएक सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

उनको फेसबुकमा राखेको गित र स्वर सुनिसकेपछी गायक तथा संगीतकार कर्ण सन्ज्यालले गायक देवकोटा स्टुडियो परिवारसंगको सल्लाह बमोजिम ‘मेरो सपना’ नामक गित रेकर्डको व्यवस्थापन गरेका हुन । हेर्नुस् म्युजिक भिडियो;


Comments