Home > समाचार > पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जरिवाना सहित सजाय

पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई जरिवाना सहित सजाय

असार २७, महोत्तरीमा पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई सजाय सुनाएको छ । गत वैशाखमा सार्वजनिक धारामा पानी थाप्न जाँदा अमा र छोरीलाई कुटपिट गरिएको थियो ।

जिल्ला अदालतले बर्दिवास नगरपालिका ४ स्थित महोत्तरी जिल्लामा बुद्धमाया बिश्वकर्मा र उनकी छोरी मनिषामाथि कुटपिट गर्ने दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

जातिय भेदभाव गरी कुटपिट भएको ठहर गर्दै कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको छ । अदालतले पीडितलाई १० हजार जरिवानाको साथै पचास हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।


Comments