काठमाडौं । विश्वकपको तेस्रो दिनको पहिलो खेलमा फ्रन्स र अस्ट्रेलियाबीच खेलमा फ्रान्सले दुई गोल गर्न सफल भएको छ, भने अष्ट्रेलियाले एक गोल गर्न सफल भएको छ ।
यो खेलमा पूर्व विजेता तथा उपाधिको दाबेदार मानिएको फ्रान्सले पहिलो गोल गर्न सफल भएका थिए, भने फ्रान्सले गोल गरेको केही समय भित्र अष्ट्रेलियाले पनि गोल गर्न सफल भएको थियो । त्यस्तै खेलको ८१ मिनेटमा आएर फ्रान्सले पुनः अर्को एक गोल गर्न सफल भएको छ ।
रसियामा हुँदै गरेको विश्वकपमा यो खेल दिउँसो ३ः४५ बजे सुरु भएको थियो । समुह ‘सी’ मा रहेका आजको यो पहिलो खेल हो। आजै साँझ १८ः ४५ बजे अर्जेन्टीना र आईस्ल्याण्डबीच खेल हुँदैछ, भने राती २१ः४५ बजे पेरु र डेनमार्कबीच खेल हुँदैछ ।
Comments are closed.