Nepal's First Video FM

प्रेम गीत २ कि नायिका अश्लेशा फेरी चलचित्र मेरी मामुमा !बाहिरियो उनको जोडी सारुकको पनि तस्बिर भदौ १५ मा ‘मेरी मामु’ को रिलिज डेट तय

904

केही दिनमै फ्लोरमा जान लागेको प्रेम गीत निर्माताको नयाँ फिल्म ‘मेरी मामु’ मा प्रेम गीत -२ कि हिरोइन अश्लेषा ठकुरी र सारुक ताम्राकारको जोडी बाधिने भएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार सेन्ट्रोल क्यारेक्टर ६ बर्षीय आयुब सेन भएपनि अश्लेषा सहित कुसुम गुरुङ हिरोइन तथा हिरोमा सारुक फाईनल भएका हुन ।

यस्तै यो फिल्ममा नेपालकी पहिलो हिरोइन भुवन चन्द सहित सारुकका पिता तथा पूराना कलाकार सानु ताम्राकार पनि खेल्दैछन् । टिमले दिएको जानकारी अनुसार फिल्ममा अर्की नयाँ अनुहार दुर्गा मल्ल ठकुरी तथा अन्य बाल कलाकारहरु कृजन गौतम र शुभम बिष्ट पनि मुख्य भूमिकामा देखिनेछन् ।

ayub sen and kusum

यम थापाले निर्देशन गर्ने ‘मेरी मामु ‘ चाईल्ड साईकोलोजी जनरमा बन्न लागेको फिल्म हो जसको रिलिज डेट पनि अनाउन्स गरिएको छ । निर्माता सेनका अनुसार सुटिङ र पोष्टप्रोडक्सनको कार्य एउटै गतिमा हुने भन्दै १५ देखि गतेलाई रिलिज डेट तय गरिएको जानकारी दिएका छन् । राजधानी र चितवन लोकेशन तय गरिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

You might also like

Comments are closed.