Nepal's First Video FM

सबैको मनको गायिका मेनुका राईलाई ‘चौथो सुन्दरादेवी सन्देश म्यूजिक अर्वाड–२०७५’मा जुरी अर्वाड

835

चर्चित गायिका मेनुका राईलाई चौथो सुन्दरादेवी सन्देश म्यूजिक अर्वाडामा जुरी अर्वाड प्रदान गरिएको छ । ‘मायाको ओखति’ बोलको पुर्वेली गीतवाट ‘चौथो सुन्दरादेवी सन्देश म्यूजिक अर्वाड–२०७५’ मा जुरी अर्वाड गायिका मेनुकाले पाएकी हुन् ।मायाको ओखती बोलको गीतमा गायिका राईले नेपालका चर्चित गायक राजेश पायल राईसंग डोएट गीत गाएकी थिइन् । यस गीतमा गीतकार मंगल राई ‘साइला’को शब्द रहेको छ । मंगल राई कि.रा.या. मकाउको महासचिव, एन.आर.एन.मकाउको वरिष्ठ उपाध्ÞयÞक्ष र कि.रा.या. खेलकूद संघ मकाउको अध्यक्ष हुन् ।
नेपाली साङगीतिक क्षेत्रमा गायिका मेनुका राई २०५६ सालदेखी सकृय रहेकी छिन् । गायिका मेनुकाको साङगीतिक यात्रा औपचारिक रुपमा ०५६ सालमा ‘मौरी घुम्छ फुलको बोटैमा’ बोलको गीतबाट भएको थियो ।

You might also like

Comments are closed.