Nepal's First Video FM

पोखरा विमानस्थलमा यतिको विमान दुर्घटनाबाट जोगियो

719

असार ३, पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट पोखरा उडेको यति एयर एएचयू–६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार विमानस्थलको रनवेभन्दा बाहिर गएको हो ।

दिउँसो २:४५ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल छन् । विमानमा ३० यात्रु र चालक दलका तीनजना थिए ।

‘पार्किङमा ल्याउँदै गर्दा हाइड्रोलिक फेल भएछ,’ पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले भने, ‘कुनै क्षति वा दुर्घटना भएको होइन । जहाजले एयरपोर्टमा अरु कसैलाई बाधा पनि पारेको छैन ।’

अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि रनवे बाहिर पुगेर रोकिएको जहाजबाट यात्रु र चालक दलकासबै सदस्य बाहिर निस्किसकेको उनले बताए । यति एयरले प्राविधिक टोली बोलाएकाले त्यसकै प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ ।

You might also like

Comments are closed.