Nepal's First Video FM

बोल माया गीतका मोडल तथा गायक प्रकाश सपुतले आफ्नै सहकर्मी शंकर बिसीको प्रेमिका ताकेपछी मच्चियो हंगामा

909

कमल सरगम-काठमाण्डौ।नेपाली लोक संगीतका होनहार सर्जक कस्तुप पन्तको उत्कृष्ट लय तथा शब्द सृजनामा लामो समय देखि निरन्तर गीत संगीतको संरक्षणमा लाग्दै आउनु भएका चर्चित पोख्रेली गायक राजेन्द्र सापकोटाको उत्कृष्ट लोकदोहोरी गीत “पिरती मिसाउनी”बजारमा आएको छ।चर्चित गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाको सुमधुर आवाजमा सुसजित गीतमा अभिनय भने चर्चित मोडलहरु शंकर बिसी,प्रकाश सपुत र रिना थापा मगरको अभिनय रहेको छ।गीतको निर्देशन भने शंकर बिसीकै रहेको छ।दुर्गा पौडेलले छायांकन गरेको उक्त भिडियोको सम्पादन भने नबिन घर्ती मगरको रहेको छ।
जवानीमा धक्का बाट करोडौको मन जितेका राजेन्द्र सापकोटाको यो गीत पनि पछिल्लो समय अत्याधिक रोजाईमा पर्न सफल भएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
भिडियो :

You might also like

Comments are closed.