Nepal's First Video FM

माईखोलाले बगाउदा झापामा एक जनाको ज्यान गयो

1,020

असार ४, झापामा माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– १० दोमुखास्थित माईखोलाले बगाउदा सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो ।

आइतबार दिउँसो दाउरा काट्न जानेक्रममा उनलाई खोलाले बगाएको थियो । घटनाबारे अपरान्ह ४ बजेतिर स्थानीयबाट प्रहरीलाई खबर भएको थियो ।

त्यसपछि स्थायी प्रहरी पोष्ट माईधारबाट टोली परिचालन हुँदा शेर्पाको शव खोलाले बगाएर लगेको अवस्थामा फेला परेको थियो । शेर्पाको शव पोष्टमार्टमका लागि दमक अस्पताल ल्याइएको छ ।

You might also like

Comments are closed.