Nepal's First Video FM

पोखरीमा डुबेर तैरिरहेको एक पुरुषको शव निकालियो

608

माघ २३, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १० मा पोखरीमा डुबेर तैरिरहेको अवस्थामा एक पुरुषको शव निकालिएकोे छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर-१० बस्ने ६० वर्षीय श्रीनारायण मण्डलको आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

गएराति अत्यधिक मदिरा सेवन गरी सुतेका मण्डल मध्यरातमा बाहिर निस्केर घर अगाडि रहेको सार्वजनिक पोखरीको डिलमा पिसाब फेर्ने क्रममा मदिराको नशामा रहेका कारण पोखरीमा चिप्लिएर पानीमा डुबेर निस्कन नसक्दा मरेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.