Nepal's First Video FM

दुधकोशी गाउँपालिकाका वडाध्यक्ष राईमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा

561

असार ५, सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया निरकुमारी राई विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । उनी लेखापढी व्यवसायीसमेत रहेकी प्रहरीले जनाएको छ ।

वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबारनै पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए ।

वडाध्यक्ष राई भन्छन्-‘स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो ।’

प्रत्यक्षदर्शी लालबहादुर बस्नेतले भने-‘वडाध्यक्षज्यूले त समय मिलाएर काम गरिदिनु भन्दै हुनुहुन्थ्यो, एक्कासि आक्रमण भयोे ।’ उनले भने-‘प्रकृति हेर्दा नियतवश जनप्रनिधिमाथि बिनाकारण आक्रमण भएको बुझिन्छ ।’ ‘हामी वडाध्यक्षसँगै काठमाडौँबाट सोलुखुम्बु आएका हौँ, बाटोमा आउँदै गर्दा पटकपटक फोन आयो । बस्नेतले भने-‘उनको प्रस्तुति नियतवश जस्तै लाग्यो ।’

गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधिमाथि सार्वजनिक स्थानमा भएको आक्रमणमा गम्भीर ध्यानाकर्षण भएको बताए । सेवाग्राहीले केही प्रतिक्रिया नदिई लेखापढी व्यवसायीले जनप्रतिनिधिमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रतिनिधिको लागि चुनौतीको विषय बनेको बताए ।

यता निरकुमारी राईले भने आफूलाई गाली बेइज्जती गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जग्गा नामसारीका लागि सहयोग गरिरहेकी लेखापढी व्यवसायी निरकुमारीले अब सच्याउँदा आफूले काम गर्न नभ्याउने प्रतिक्रिया समेत दिए ।

You might also like

Comments are closed.