Nepal's First Video FM

दयाहाङ अभिनीत फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

643

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी, एक्सन, रोमान्स र पिडा समेटिएको ट्रेलरमा दया, सुरक्षा पन्तको जोडी र बर्षा सिवाकोटी, बुद्धि तामाङको जोडी देख्न सकिन्छ ।

श्रावण ४ गते रिलिज हुने नेपाली चलचित्र ‘भैरे’लाई एभरेस्ट सुर्य बोहराको लेखन र निर्देशन हुन् भने कार्यकारी निर्माता लेख बहादुर पुन रहेका छन् ।

सूर्य थोकरको द्वन्द्व रहेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अङ्कित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

उक्त चलचित्रलाई नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी संयुक्त रुपमा निर्माण गरेका छन् । फिल्मको सहनिर्मातामा करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल रहेका छन् ।

फिल्ममा कविराज गहतराज, बसन्त श्रेष्ठ, रामजी लामिछानेको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, बसन्त सापकोटा, यम बराल, अर्जुन पोखरेलको संगीत र बनिश शाहको सम्पादन छ । हेर्नुस् सार्बजनिक ट्रेलर;

 

You might also like

Comments are closed.