असार ५, प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएकाे छ । यससँगै कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई सुम्पिएकाे छ ।
मंगलबार एक सय १९ सदस्यीय टोलीकाे नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएकाे हाे । हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गर्नभयाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।
मंगलबार नै एक विज्ञप्ती निकाल्दै राष्ट्रपति कार्यालयले पाेखरेललार्इ कार्यावाहक प्रमकाे जिम्मेवारी सुम्पिएकाे जानकारी गराएकाे हाे ।
त्यस्तै, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हाे ।
साभार news24 बाट
Comments are closed.