काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा पानालाई वेल्जियमले पराजित गरेको छ । पहिलो पटक विश्वकप खेलेका पानामालाई वेल्जियमले ३-० गोलको अन्तरले पराजित गरेको हो । वेल्जियमले दोस्रो हाफपछि लगालग तीन गोल गर्न सफल भएको हो । बेल्जियमका खेलाडी रोमेलु लुकाकुले ६९ औ मिनेटमा अग्रता २-० मा पु¥याएको थियो भने ७४ औ मिनेटमा तेस्रो गोल गर्न सफल भयो । यसपटक ईडेन हाजार्डको पासमा लुकाकुले ब्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
पहिलो हाफसम्म बेल्जियम र पानामाबीचको खेल गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफबाट वेल्जियमले लगालग तीन गोल गर्न सफल भएको हो ।
नेपाली समय अनुसार पानामा र वेल्जियबीच बेलुकी ८ः ४५ बजे खेल सुरु भएको थियो ।
टुनिसिया भर्सेस ईग्ल्याण्ड
१२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि विश्वकपको ईतिहासमा समूह चरणबाट माथि जान सकेको छैन । फिफा वरियतामा १४ औँ स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । सन् १९७८ मा पहिलो विश्वकप खेलको ट्युनिसियाको यो पटक टिममा युवा खेलाडीको वर्चस्व रहेको छ ।
सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । इंग्ल्याण्ड मात्रै त्यस्तो टोली हो जसका सबै खेलाडी इंग्ल्याण्डकै लिगमा आबद्ध छन् । इंग्ल्याण्ड ६ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । यो खेल पौने १२ बजे भोल्गोग्राड स्टेडियममा हुनेछ ।
Comments are closed.