Nepal's First Video FM

अमेरिकाको बाल्टिमोरमा पशुपतिनाथको मन्दिर उद्घाटन

537

बाल्टिमोरको पशुपतिनाथ मन्दिरको उद्घाटन मरिससका राजदूतको प्रमुख आतिथ्यमा भव्यताको साथ सम्पन्न

वाशिंगटन डीसी / बाल्टिमोरस्थित पशुपतिनाथ मन्दिरको विधिवत उदघाटन गरिएको छ । गत जुन १७ का दिन अमेरिकाको लागि मरिससका राजदूत सुरज फोकिरको प्रमुख आतिथ्यमा भव्यताको साथ मन्दिरको उद्घाटन गरिएको हो ।

गत जुन १७ तारिख दिन देखि सर्वसाधारणका लागि पशुपतिनाथको दर्शनको लागि खुला गरिएको छ । मरिससका राजदूतले औपचारिक कार्यक्रम प्रारम्भ हुनु अगाडि देखि नै पूजा पाठमा सहभागी भै प्राण प्रतिष्ठामा समेत सहभागिता जनाएका थिए ।

साथै महाबाणिज्य दूत प्रेम राजा महत, डा बिशाल भण्डारी, मन्दिरका सभापति श्रीवास दास, उपसभापति विश्वराज गौतम, बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त , बानाका पूर्व अध्यक्ष, मन्दिर विकास समितिका सभापति श्रीकान्त नायक, प्रवासी नेपाली मंञ्च अमेरिकाका सभापति प्रभु थापा, मन्दिर कोष बृद्धि कि संयोजक कल्पना अधिकारी लगायत बाल्टिमोर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा पुष्प, जल, दुध चढाउँदै सबै बिधि अनुसार शिव लिङ्गको अनावरण गरिएको थियो ।

गत जुन १० तारिखदेखि १६ तारिख सम्म सप्ताहब्यापी श्रीमद भागवत महापुराण लगाईएको थियो । गत जुन १० तारिखबाट सुरु भएको महापुराण कथा नेपाल बाट आउनु भएका नेपाली कथा वाचक पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइरालाले वाचन गरेका थिए ।

नेपालको पशुपतिनाथ मन्दिरको जस्तै दुरुस्त जस्ताको त्यस्तै (रेप्लिका ) भएको शिव लिङ्क मूर्ति जुन विश्व मै हिन्दु मन्दिरमा नेपालको पशुपतिनाथ बाहेक दोश्रो बाल्टिमोरमा रहेको छ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा अर्चना हुन्छ सत प्रतिसत बाल्टिमोरको पशुपतिनाथमा पनि त्यहि प्रकृयाबाट नित्य पूजा अर्चना हुनेछ ।

उक्त पशुपतिनाथ मन्दिरमा शिव लिङ्ग,गणेश को मुर्ति तथा शिव पार्वती लगायत प्रतिमाहरु स्थापना गरि सकिएको छ । गत जुन १७ का दिन भएको समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी रहेका थिए । यसै गरि गत जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजक रहेका थिए । onlinekhabar

You might also like

Comments are closed.