काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य पछ्याएको नेपालले २. ४ ओभरमा ३ विकेट गुमाएको छ ।
ओपनर कुशल भुर्तेल ६ बलमा १ चौकाका साथ ५ रन तथा ज्ञानेन्द्र मल्ल ८ बलमा शून्य रन र कतान रोहित पौडेल १ बलमा शून्य रनमा आउट भएका छन् । अहिले ओपनर आशिफ शेख ७ रन बनाएर खेलिरहेका छन् ।
नेपालले टस जितरे फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको छ।
आजको खेल जिते नेपालले लगातार छैटौँ खेल आफ्नो पक्षमा पार्नेछ।
यसअघि नेपालले स्कटल्याण्ड र नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो। यूएईमा गत सोमबार पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ।
Comments are closed.