Nepal's First Video FM

कांग्रेस जिल्ला सभापतिको चौथो राष्ट्रिय भेला हेटौंडामा शुरु

510

असार ५, नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला मंगलबारदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने भेलाको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका र्शीष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भेलाको दोस्रो दिन भोलि जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ ।

विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन् ।

You might also like

Comments are closed.