Nepal's First Video FM

बाजेको सेकुवा प्रकरण: एक जनाकै नाममा यति ठुलो कमिसन ! (पढ्नुहोस)

605

असार ५, काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको छ ।

प्रतिवादि चेतन भण्डारीको आंशिक स्वाभित्व भएका कर्नरमा सिलवन्दी नभएको समितिले जनाएको छ । हाल काठमाडौमा सिनामंगल, सातदोबाटो, गोगंबु, सुकेधारामा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्ट भने ब्रान्ड साझेदारमात्रै हुन् ।

बाँकी सेकुवा कर्नेरमा चेतन भण्डारीको ६ देखि ९ प्रतिशत कमिसन पाउने गरेको खुलेको छ । नाफा मध्येको उक्त प्रतिशत चेतनलाई दिदै आएको समितिका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए । ‘कम्तिमा ६ देखि ९ प्रतिशतसम्म कमिसन चेतनको खातामा जाने गरेको भेटियो,’ समितिका ती सदस्यले भने ।

बाजेको सेकुवा अन्तर्गत काठमाडौंको बत्तीसपुतली, अनामनगर, गोंगबु, लाविम मललगायतका १० ठाउँमा शाखा छन् । त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रूपन्देही तथा अमेरिकामासमेत यसको आउटलेट सञ्चालनमा छ ।

सिलवन्दी नभएको बाँकी आउटलेटका सञ्चालकलाई बोलाएर समितिले चेतन भण्डारीको नाममा पुनः कमिसन दिए वा पार्टरसिप भएको थाहा पाए शिलवन्दी गर्ने चेतावनी दिएको छ ।

समितिका अनुसार बाजेको सेकुवा कर्नर नाम राखेर अरू नै कम्पनीमा दर्ता गरेको समेत देखिएको छ । गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको अनुसन्धान टोलीले शुक्रबार र आइतबार ब्रान्ड साझेदारलाई मन्त्रालयमै बोलाएर बाजेको लोगो, बोर्ड र मेनु हटाउन लगाएको हो ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न भएको आशंकामा बाजेको सेकुवा ब्रान्डको स्वामित्व भएका चेतनाथ भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

अदालतले भण्डारीलाई फरार सूचीमा राखेलगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवा ब्रान्डका १० आउटलेटमध्ये ५ वटामा थप अनुसन्धानका लागि भन्दै सिलबन्दी गरेको थियो । भण्डारी हाल नेपालमा नरहेकाले उनीहरू र उनका आफन्तको नाममा सञ्चालित रहेका आउटलेट सिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको थियो ।

तर, सो टोलीले बाजेको सेकुवा आउटलेट सिलबन्दी गरेलगत्तै ब्रान्ड साझेदारहरूलाई पनि बोलाएर ब्रान्ड हटाउन निर्देशन दिएको थियो । उच्चस्तरीय अनुसन्धान टोलीले यसअघि एमके भन्ने मोहन अग्रवालको घर, सुनचाँदी व्यवसायी राजेन्द्र शाक्यको पसलमा छापा मारी सिलबन्दी गरेको थियो ।

भण्डारी र अग्रवाल फरार छन् भने शाक्य पुर्पक्षका लागि थुनामा छन् । सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले आफ्नो बयानमा आफू कहिलेकाहीँ सो रेस्टुरेन्टमा जाने गरेको बताएका थिए ।

सेतोपाटीबाट साभार

You might also like

Comments are closed.