नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र
असार ६, हेटौडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा (आज) बुधबारदेखि बन्दसत्र सुरु हुने भएको छ । मंगलबारदखि सुरू भएको भेलाको बन्दसत्र अहिले केहिछिनपछि सुरु हुने भएको छ ।
विधान संशोधनका लागि राय सुझाव संकलनका लागि डाकिएको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरूले आफ्ना धारणा राख्ने भएका छन् । संघीय संरचना अनुसारको पार्टी विधान बनाउनका लागि सभापतिहरुको राय संकलन हुने छ ।
भेलाबाट पारित निर्णयलाई भदौमा हुने महासमिति बैठकले अनुमोदन गर्ने भएको छ । संघीयतापछि कांग्रेसको संगठन सोही अनुरूप गठन हुन विधानले रोकेको छ ।
बन्द सत्रमा संस्थापन पक्ष ७ प्रदेशबाट प्रतिनिधिमुलुक धारणाको लागि समय दिएर भेला छोट्याउने पक्षमा छ भने संस्थापन इतर समूह सबै जिल्लाका पार्टी सभापतिहरूले बोल्न पाउनुपर्ने माग गरिरहेका छन् ।
स्थानीय तहको अवस्था जिल्ला सभापतिहरूले राख्न नपाए भेलाको औचित्य नहुने जिल्ला सभापतिहरुको भनाई छ । radionrn
Comments are closed.