Nepal's First Video FM

५ः ४५ बजे रोनाल्डोको टिम पोर्चुगल भर्सेस मोरक्कोको खेल हुदै

415

असार ६, दुई वर्षअघि अप्रत्याशित खेल खेल्दै युरोकपको उपाधि जितेको पोर्चुगलले जारी विश्वकपको समुह चरणमा नै स्पेन विरुद्धको खेलमा बराबरी गर्दै यो संस्करणको उपाधि होडमा आफुलाई उभ्याइसकेको छ ।

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिम यो पटक बलियो देखिएको छ । फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोकपमा जस्तै सबैलाई चकित पार्न सक्छ या सक्दैन भन्ने कुरा अव समुहको दोस्रो खेलमा आज राति थाहा हुनेछ ।

समुह चरणको पहिलो खेलमा स्पेन विरुद्ध तीन तीन गोलको बराबरीमा रोकिदा नायक बनेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा पनि पोर्चूगलको आकर्षण बन्नेछन् । पोर्चुगललाई टक्कर दिदैछ अर्को टोली मोरोक्कोले, २० वर्षपछि विश्वकप खेलिरहेको मोरोक्को आफनो पहिलो खेलमा पराजय भोगेको कारण पनि आजको खेलमा जित्नु पार्ने दबाब छ ।

यी दुईको भेट यस अघि सन् १९८६ को विश्वकपमा भएको थियो । जहाँ मोरोक्कोले पोर्चुगललाई ३–१ ले हराएको थियो । तर लामो समय विति सक्दा पोर्चुगल भने निकै फर्ममा छ । २०१४ को विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको कारण पनि पोर्चुगल अहिले उपाधि जित्ने लक्ष्यमा लागिपरेको छ । news24

You might also like

Comments are closed.