Nepal's First Video FM

बेबिसा र बिपासनाले चुमे ‘लिटिल स्टार अफ दि इयर’को ताज

780

माघ ९, ‘लिटिल स्टार अफ दि इयर २०१८’को उपाधि वेविसा भण्डारी र बिपासना थापाले चुम्न सफल भए । काष्ठमण्डप स्कुलकी वेविसाले (ग्रुप–ए) र एनआइसी एमेडेमीमा अध्यायनरत बिपासना (ग्रुप–बि) तर्फको बिजेता बन्न सफल भएका हुन् । दुबै बिजेताले १० हजार नगद, ब्लुक्रस अस्पतालको तर्फबाट १ बर्ष निशुल्क स्वास्थ चेकअपका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत जितेका छन् ।

७० बालबालिकाले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा आयोजकले ५ देखि ९ बर्षसम्मका बालबालिकालाई ग्रुफ (ए) र १० बर्षदेखि १२ बर्षसम्मको बालबालिकालाई ग्रुप (बी) गरेर बिभाजन गरेको थियो । आइतबार अबेर साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ग्रुप (ए) तर्फ विश्वास शर्मा फष्ट रनर अप, असियाना श्रेष्ठ सेकेण्ड रनरअप, आलिया पन्त थर्ड रनर अप र दिया भट्ट फोर्थ रनर अप चुनिदा ग्रुप (बी) तर्फ क्रमशः सानमी वस्ती, दिब्यम्यास खड्का, दृष्टा सिंह, समिरा श्रेष्ठ, रिजिस्मा बोगटी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनर अप घोषित भए ।

मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, जीवन गिरी लगायतको विभिन्न प्रशिक्षणसहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए । अभिनेता धिरेन शाक्य, जोत्सना योगी, नरेन खड्का, हिमानी सुब्बा खड्का, अक्षयजंग रायमाझी, असिम शाह, एसआर गहतराज, गीता पुरी लगायत अन्तिम स्पर्धामा निर्णायक रहेका थिए । कार्यक्रमको कोडिनेटर जीवन गिरी हुन् ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविश्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता गत बर्षबाट थालिएको आयोजना गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

You might also like

Comments are closed.