Nepal's First Video FM

रबीको गोजीमा गाँजा र पेस्तोल राखेर ड्रग व्यापारी र हतियार तस्कर भनेर पक्राउ पुर्जी काटन सक्छ

599

ग्र्यान्डिजाईन हेर्दै जानुहोला अब नेपाल प्रहरीले रबीको गोजीमा गाँजा र पेस्तोल राखेर ड्रग व्यापारी र हतियार तस्कर भनेर पक्राउ पुर्जी काटन सक्छ। देख्नु भएकै छ धुर्मुलाई रुवाएको, महाविर पुनले सहयोग नपाएको, नेताहरुलाई भ्रष्टाचारको मुद्दाको तयारी हुदा लोकमान महाअभियोगले सुताएको, शुसीला कार्कीको महाअभियोग, गोपाल पराजुलीको काण्ड हराएको, सुन काण्ड हराएको, रक्तचन्दन कान्ड हराएको, देश बेच्नेहरु सत्ता चलाईरहेको, बैंक टाट पल्टाउनेहरु नम्वरी व्यापारी भएको, कालो धनका खेलाडीले स्रोत कब्जा गरेको, बलात्कारीहरुले राज्य सम्यन्त्र चलाई रहेको, माफिया र तस्करहरुले शिक्षा र स्वास्थ्य क्षेत्र चलाईरहेको छ।यिनलाई रवी किन नहोस निल्नु न ओकेल्नु।

लेखक : पदमसिंह ठगुन्ना ( हाल जापान )
रु ५ मा नेपाली नागरिकता पाईन्छ भनेर साईन बोर्ड राखेर नेपाली नागरिकता पाएका विदेशीहरु संसदमा छन देश टुक्र्याउने खुलम खुला चुनौती दिन्छन्। अब राष्ट्रपति हुने लाईनमा छन्।

यो देशको पक्षमा रे। तर जो हिजो जन्मजात नेपाली हो एक दिनको नेपाली सघैको नेपाली हुन चाहन्छ, नेपाली भएर मर्नु चाहन्छ, हिजो विदेशमा हुदा भए गरेका सवै चिज विज त्यागेर जसको नेपालमा सवै चिज छ जो कारणवश कागजी कानूनी पकृयामा छ उ अमेरिकन र नेपाललाई चुनौती दियो रे।

यो केही पनि हैन कार्यकर्ताको भर्ति केन्द्रको रुपमा रहेको प्रेस काउन्सिललाई, सरकारलाई, राजनीतिक कार्यकर्तावाट भरिएको दलाल कर्मचारीतन्त्रलाई, लगायत तस्कर, माफिया, बलात्कारी, मानव वेचविखन गर्ने अपराधीहरुलाई जसको भण्डाफोर रवीले गर्थे पाचन हुने कुरै रहेन र फलस्वरुप सुनियोजित रुपमा बाहाना बनाएर मसला खोजियो र विदेशी घोषणा गरेर लखेटिदैछ जेल हाल्ने तयारी हुदैछ। कानून भन्दामाथी कोही हुदैन कानूनी शासन हुनपर्छ तर रवी कानूनी प्रकृयामा होलान नहोलान तर शक्तिको कानूनले फसाउनु खोजिदैछ। सवै नेपालीले थाहा पाउन यो पनि जरुरी छ की नेपालका उच्च पदस्थ धेरै प्रहरी, सेना, कर्मचारी र नेताका श्रीमति, छोराछोरी कति नेपाली नागरिकता त्यागेर विदेशी नेपाली भएका छन् । यति मात्र नभई आफैले ग्रिनकार्ड र पि आर लिएका छन्।

के तिनले आफ्ना श्रीमति, छोराछोरी त्यागेर विदेशी घोषणा गर्नु सक्छन् । के तिनले राज्य लुट मचाएर विदेश गरेको धन संचयको आफुलाई अपराधी घोषणा गर्नु सक्छन्। नेपाली नागरीक नेपाली हुन नपाउने विदेशी नेपाली हुन पाउने कस्तो कानून हो उलंघन हुने।

osnepal

You might also like

Comments are closed.