Nepal's First Video FM

प्रसिद्ध गायक उदितनारायण झाको घरमा करेन्ट लागेर एक कामदारको मृत्यु

560

असार ७, प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ ।

गायक झाको सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर भारतीय मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतकको भटनिया निवासी २५ वषर्ीय सञ्जीतकुमार यादव छन् ।

नयाँ घरको निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा रड ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुगेको थियो । रड विद्युतीय तारमा छोएलगत्तै करेन्ट लागेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल पठाउने प्रहरीले जनाएको छ । Onlinekhabar.com

You might also like

Comments are closed.