कमल सरगम-नेपाली लोकदोहोरी क्षेत्रमा करोडौको मन जितेका बहुचर्चित सर्जक तथा गायक किरण बाबु पुनको मार्मिक लोकदोहोरी गीत”बाचा-२”-जुन ताराको गाउँमा बजारमा आएको छ।भारतीय चर्चित गायिका संजीवनी र किरण बाबु पुनले आवाज दिएको उक्त गीतमा किरण बाबु पुनलेनै लय तथा शब्द सृजना गरेका छन।अप्सना थापा र प्रेम थापाको उत्कृष्ट अब अभिनय रहेको भिडियोमा निर्देशन भने बाबु राजा केसी उज्ज्वलले गरेका हुन।शम्भु चालिसेको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको भिडियोलाई कृष्ण फिल्म्सले बजार ब्यबस्थापान गरेको हो।क्षितिज पारी उनको बस्तीमा,यो मार्मिक संदेश उनले पाए हुन्थ्यो,म पुजा गर्छु मायाको लगाएतको गीतबाट करोडौको मन जितेका किरण बाबु पुनले केहि महिना अगाडी बाचा गीत बजारमा ल्याएका पुन सफल भए संगै उनले यो गीत बजारमा ल्याएका हुन।हेरौ भिडियो :
You might also like
Comments are closed.