माघ २३, जिल्लाको सोनमा गाउँपालिकामा दुई बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
सोनमा २ मा दलित समुदायका दुई बालिकामाथि सामूहिक बलात्कार भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश मल्लले जानकारी दिए ।
चार जनाले दुई बालिकामाथि बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको परिवारलाई घटना गाउँमै मिलाउन दबाब दिएकाले ढिलो सार्वजनिक भएको डीएसपी मल्लले जानकारी दिए ।
गाउँघरमै मिलापत्र गराउन खोजिएको घटनामा जिल्ला प्रहरीक कार्यालय महोत्तरीले नै आर्थिक जोहो गरी उजुरी दर्ता गर्न लगाएको छ । गाउँमै मिलापत्र गर्न खोजेको खबर पाएपछि प्रहरीले हस्तक्षेप गरी उजुरी दर्ता गर्न लगाएको हो ।
घटनामा संलग्नको आरोपमा सोनमा गाउँपालिका ८ का २४ वषर्ीय मनोज साह पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेका छन् ।
दुबै बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र घटनास्थलको नमुना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।
Comments are closed.