Nepal's First Video FM

अषाढ नसकिदै सुदूरपश्चिममा भिषण बाढी-पहिरो घर सहित मध्या रातिमा परिवारको उठिबास,हेर्नुहोस यो भिडियो

643

काठमाडौं,
नेपालि सस्कृतिको बचाउ तथा नेपालि मौलिक लोक देउडा सस्कृतिको बचाउ गर्नु पर्छ भन्ने मान्याताले लागि परेका गायक बिरहीले दिनप्रतिदिन एक पछी अर्को फरक धारका डेउडागित बजारमा ल्याएका छन् । दर्शक श्रोताका रोजाईमा परेका गायक बिरही मध्या तथा सुदूरपश्चिममा भेगका चलनचल्तीका रितिरिवाज परम्परागत सस्कृतिलाई टपक टिपेर गीतमा ढाल्न माहिर छन् । गायक बिरहिका हरेक गीतमा मौलिकता लुकेकै हुन्छ यस पटक पनि बसिवियालो म्युजिक प्रा.लिको प्रस्तुतिमा नेपालि लोक डेउडा गीतको जगतमा फेरी एक अर्को उत्क्रष्ट गित“वर्खा” आज सार्बजनिक भएको छ । सुर्य बिरही साउद र योगेश बुढाको उत्कृष्ट शब्द तथा सुर्य बिरही साउदको संगीतमा रहेको उक्त गीतमा सुर्य बिरही साउद र गौरी भट्टको सुमधुर आवाज रहेको छ । यस म्युजिक भिडियोमा वर्खा भेलबाढी आउदा घर खेत बगाएर परिवारको बिचल्ली भएको यथार्थपरक कथा समेटिएको छ ।
भिम थापाको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायांकन हरिष महराले गरेका हुन भने प्रविन रश्मि मगरले सम्पादन गरेको यस गीतको संगीत संयोजन बिनोद बाजुरेलिले गरेका हुन भने खडक बाजुरेलिले मिक्सिंङ गरेका हुन । खप्तड फिल्मसको पर्दामा दृश्य निर्माण भएको यस म्युजिक भिडियोमा गायक स्वयम् सुर्य बिरही साउद र हेमानी ढुंगालको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण वाशिबियालो म्युजिक प्रा.लिले गरेको छ । नेपाली डेउडा गीतमा दर्जनौ गितहरुमा सब्द/संगीत प्रस्तुत गरेर चर्चामा रेहका सर्जक तथा गायक सुर्य बिरहिका “सुदुरको चेलो,डोटी शैलेश्वरी,प्रिती फुल सारी दे,यो लोटाउनु राँगो,लेकमा चौरी गाई,जस्ता गितहरु चर्चित छन् ।
आशा छ यो गीतले पनि चर्चा कमाउने छ ।
भिडियो हेर्नुहोस ।

https://youtu.be/YrPOCNhSA3k

You might also like

Comments are closed.