६ दिने औपचारिक चीन भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
असार ५ गतेदेखिको चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र व्यापारीसँग भेटवार्ता गनुर्भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल गर्नुभएको थियो । साथै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासको क्षेत्र र समृद्ध नेपाल सुखी नेपाली मा सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि खछ्याङसँग दुई पक्षीय हित र विभिन्न सम्झौता गर्नुभएको थियो ।
साथै प्रधानमन्त्री ओलीले ८ वटा विभिन्न विधामा चीनसँग सहकार्य गर्ने सम्झौतामा नेपाल सरकारका प्रतिनिधि र चिनियाँ प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर समेत गर्नुभएको थियो । भ्रमणका क्रममा तिब्बत पुग्नुभएका प्रधानमन्त्री ओलीले तिब्बतमा रहेका नेपालीसँग छलफल गर्नुभएको थियो भने नागरिकताको समस्या समाधान गर्न त्यहाँ रहेका नेपालीले गरेको गुनासोलाई समाधान गर्न पहल समेत गर्नुभएको थियो ।
Comments are closed.