Nepal's First Video FM

एसईई दिएकोहरुलाई खुसीको खबर !यी हुन् उत्कृष्ट २० प्लस टु (भिडियोसहित)

994

एसईई पछिको गन्तव्य कहाँ हो ? निसन्देह भन्न सकिन्छ, प्लस टु एजुकेसन हो । नेपालका उत्कृष्ट प्लस टु कुनकुन होलान् ? अहिले सबैको चासोको विषय हो यो । एसइई परीक्षामा सफलता पाएका लाखौं विद्यार्थी र तिनका अभिभावकहरुको चिन्ताको कुरा हो यो । बजारमा प्लस टु अध्यापन गराउने शैक्षिक संस्थाको कमि छैन् तर उच्च शिक्षाका निम्ती कुन शैक्षिक संस्था रोज्ने भन्ने कुराले विद्यार्थी र अभिभावकलाई अन्यौलमा पारेको हुन्छ । विद्यार्थीलाई राम्रा प्लस टुको बारेमा जानकारी दिने उद्देश्यले यो भिडियो रिपोर्ट तयार पारिएको हो । यहाँ उल्लेख गरिएका उच्चमाविहरु विद्यार्थीका लागी रिफ्रेन्स् हुने कुरामा हामी ढुक्क छौं । विद्यालयशिक्षाको खुड्किलो मानिने प्लस टु पछि विद्यार्थीको भविश्य निर्धारण हुने भएकाले उपयुक्त शैक्षिक संस्था रोज्न सक्नु विद्यार्थीको चुनौतीहो । प्लस टु शिक्षामा उल्लेखनिय योगदान पु-याएका र निरन्तर उत्कृष्ट शैक्षिक परिणाम ल्याएका प्लस टु यसमा समावेश छन् । शैक्षिक गुणस्तरका निम्ती कुनै सम्झौता नगरि प्रतिस्पर्धारत प्लस टुहरुका बीचमा हामीले उत्कृष्ट २० प्लस टु छनौट गरेका छौं । उच्च भौतिक पुर्वाधार, उत्कृष्ट प्रयोगशाला, अध्ययन मैत्री वातावरण, अब्बल शैक्षिक जनशक्ती, विद्यार्थीका निम्ती पारिवारिक वातावरण जस्ता कुरालाई मापदन्ड बनाएर यि २० उमावि छनौट गरिएको हो । प्लस टु अध्ययन पश्चात ति शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीले हासिल गरेको उपलब्धी पनि महत्वपुर्ण मापदन्डको रुपमा लिइएको छ । धेरै विद्यार्थी लिएर पनि तिनको शैक्षिक एवं सर्वाङ्गिण विकासमा उत्तिकै ध्यानदिने यि प्लस टु शिक्षालयले विद्यार्थीहरुलाई लक्षित गन्तव्यमा पु-याउन प्रमुख भुमिका खेल्ने छन् । समग्रमा भन्नुपर्दा उल्लेखित कलेजहरु सक्षम नागरिक उत्पादनमा अहोरात्र सक्रिय छन् ।प्रस्तुत छ, उत्कृष्ठ उच्च माविहरुको फेहरिस्त अरनिको इन्टरनेशनल कलेज, क्यास्पियन भ्याली कलेज, कोलम्बस कलेज, एभरेष्ट कलेज, ग्लोबल कलेज, अफ म्यानेजमेन्ट, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, काठमाडौं बर्नहार्ट कलेज, किस्ट कलेज, केएमसी कलेज, मोर्गन कलेज, नोबेल कलेज, आमेगा कलेज, पेण्टागन कलेज, पिनाकल कलेज, प्रिमियर कलेज, द न्यु समिट कलेज, ट्रिनिटी कलेज, युनिग्लोब कलेज, भिएस निकेतन कलेज, जेभियर इन्टरनेशनल कलेज विस्तृतमा भिडियो हेर्नुहोस्

You might also like

Comments are closed.